अभिनेता बिजय लामाको बुबा निर्देशक हेम बहादुरको निधन

आर्टिष्ट खबर, जेठ, काठमडौं ।

देशभर स्थानिय तहको निर्वाचनको मतपरिणाम आउँदै गर्दा कतै हर्सोल्लास भइरहँदा पाइलट तथा अभिनेता बिजय लामाका बुबा चलचित्र निर्माता तथा तथा निर्देशक हेम बहादुर लामाको निधन भएको छ ।

हृदयघातपछि अस्पताल भर्ना हुनुभएका उहाको आइतबार दिउँसो १ बजेर १५ मिनेटमा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।  उहाँको आजै स्वयम्भुमा बौद्ध परम्पराअनुसार  दाहसंस्कार गरिने भएको छ । उहाको पार्थिव शरिरमा दिउँसो बालुवाटारस्थित घरमा पुगेर कलाकार र शुभेच्छुकले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

९४ बर्षिय हेम बहादुर लामाले १९८४ मा आदर्श नारी चलचित्रको निर्माण तथा निर्देशन गर्नुभएको थियो । उहाँ नेपालको पहिलो टेनिस खेलाडी पनि हुनुहन्थ्यो ।

हेम बहादुरका छोरा अभिनेता विजय लामाले बुवाको निधनमा फेसबुकमा भावुक स्टाटस पनि लेख्नुभएको छ, ‘बाउ तिमी बिना मलाई बस्ने बानी छैन । तिम्रो यादले निकै सताउने छ । तर, मलाई विश्वास छ, तिमी जहाँ छौं, खुशि छौ । तिम्रो खुशि नै मेरो खुशि हुनेछ ।’

नेपाली कला जगतका विभिन्न व्यक्तित्वले पनि निर्देशक लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । आजीवन सदस्य समेत रहनु भएका लामालाई २०७७ सालमा चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

आदरणीय दर्शक महानुभाव अर्को कुरा, स्व. हेम बहादुर लामाले आफ्नो परिवारलाई दुख नहोस् भन्दै जिवित हुँदै आफ्नो क्रिया अर्थात स्व घेवा आफैले गर्नुभएको छ । जसका कारणले पछि आफ्ना परिवारलाई सहज होस् भन्ने चाहानुभएको थियो । उहाले आज भन्दा ७/८ बर्ष अघिनै घेवा गरिसक्नुभएको थियो ।

तर अभिनेता बिजय लामा सहितका सन्तानले आफ्नो कर्तब्य पुरा गर्नुपर्छ भन्दै  घेवाको कार्यक्रमलाई अगाडी बढाउनु भएको छ । स्व. हेम बहादुर लामा प्रति आर्टिष्ट खबर परिवार हार्दिक श्रृद्धान्जली ब्यक्त गर्दछ ।