काठमाडौंमा अर्को मल्टीप्लेक्स थपियो

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

पछिल्लो समय कोरोना कहरले जनजीवनमा असर गर्न छाडेपछि चलचित्र नगरी पनि उकालो लाग्दैछ । नेपालका सिनेमा हलहरुमा बिदेशी देखी नेपाली चलचित्र लाग्न थालेका छन् । यसैबिच बन्द भएका हलहरु पनि खुलिरहेका छन् भने कतिपय ठाउँमा नयाँ हलनै खुलिरहेका पनि छन् ।

यसैक्रममा आगामी शुक्रवारबाट काठमाडौंमा अर्को सुविधा सम्पन्न मल्टीप्लेक्स थपिने भएको छ । जमलस्थित नेपालको पुरानो विश्वज्योति हल मल्टिप्लेक्स स्वरुपमा सञ्चालनमा ल्याउन लागेको हो । शुक्रवारबाट सञ्चालनमा आउने उक्त हलको मंगलवार कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गर्नुभयो । कुनै बेला यो हलले निर्मातालाई सर्वाधिक शेयर दिने गथ्र्यो ।

थुप्रै नेपाली चलचित्रले विश्वज्योतिमा कीर्तिमान राखेका छन् । चलचित्र  ‘चिनो’ यो हलमा ३२ हप्तासम्म चलेको थियो भने ‘दर्पणछायाँ’ र  ‘ठुल्दाइ’ले आफ्नो पूरा लगानी यो एउटै हलबाट उठाएका थिए । यो हलमा सय दिनको रेकर्ड राख्ने नेपाली चलचित्रको सूची निकै लामो छ । विश्वज्योतिले ‘चिनो’ र ‘राँको’ गरी दुई चलचित्र निर्माण पनि गरेको छ । विश्वज्योति हल २०१३ सालमा स्थापना भएको हो ।

पुरानो हल भएको आडमै खडा भएको पाँच तले विश्वज्योति मलको माथिल्लो तल्लमा दुई अडिटोरियमको विश्वज्योति सिनेमाज् खुलेको हो । हलको एउटा अडिटोरियममा २०१ र अर्को अडिटोरियममा ८९ सिट संख्या रहेको विश्वज्योतिका अध्यक्ष मोहन सरार्फले बताउनुभयो । शुक्रवारबाट ‘लक्का जवान’, ‘डक्टर स्ट्रेन्ज २’ लगायतका चलचित्रप्रदर्शन गर्दै हल औपचारिक रुपमा खुल्नेछ ।