गायिका अस्मितालाई ‘छिन्नलता प्रतिभा पुरस्कार

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

आफूले पुरस्कार पाउने घोषणा भएपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै गायिकाले आफू खुशिले ‘अवाक’ भएको भन्दै लेख्नुभएको छ । उहाले लेख्नुभएको छ, ‘नेपाली संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अघि बढ्न ठूलो प्रेरणा हुनेछ ।’

नेपाली आइडलको दोस्रो सिजनबाट अधिकारी संगीतमा चम्किनु भएको हो । अस्मिताले स्वर दिएका मध्ये ‘साली मन प¥यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर, रमरम मरौटी’ लगायतका गीत चर्चित छन् ।