नेपाल अफ्रिका फिल्म फेस्टिबल: नेपाल सहित १५ देशका २६ फिल्म चयन

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

१० औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन र बिलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा हुन लागेको यो महोत्सबमा विभिन्न देशका १०० भन्दा बढी फिल्म प्राप्त भएका थिए । जसमध्यबाट निर्णायक समितिले २६ वटा फिल्म चयन गरेको छ ।

नेपाल सहित १५ देशका २६ वटा फिल्म चयन भएको महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले बताएकी छिन् । कोरोना महामारी मत्थर भएकाले यतीबेला यो महोत्सब गर्न लागिएको पनि उनले बताएकी छिन् ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफुहरुले एक दशक अघिबाट नेपालमा नेपाल अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताएकी छिन्,‘प्राकृतिक र सांस्कृतिक रुपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुराहरु मिल्दा जुल्दा छन् । अफ्रिकालाई अब हामीले पश्चिमाहरुको नभएर अफ्रिकन लेन्सबाटै हेर्नु पर्छ भनेर हामीले बिगत १० वर्षदेखि यो महोत्सब आयोजना गर्दै आएका छौं ।’

महोत्सब निर्देशक डब्बु क्षत्रीका अनुसार यो महोत्सबमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन् । जस मध्य अधिकाँस अफ्रिकन मुलुकबाट फिल्म चयन गरिएको छ । अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषय बस्तुमा आधारित फिल्म पनि महोत्सबमा चयन भएका छन् ।

महोत्सबका लागि फिल्म चयन भएका बिदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनेशिया, सँयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ष्ट्रिया, जर्मनी, बेनिन, कँगो, फ्रान्स, क्यामरुन, अल्जेरिया, मोरक्को रहेका छन् ।

महोत्सबमा नेपालबाट १२ वटा फिल्म छानिएका छन् । जस मध्य ८ वटा चलचित्र खुला प्रतिस्पर्धा अन्तर्गत रहेको छ । जसमा द ब्लाक कर्नर, ऐना, राईज, शँका, कुईनेटो, गरिमा, द डटर, थर्ड आई रहेका छन् । यस्तै यसपटक विधार्थीहरुको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ । फिल्मका विधार्थी फिल्म प्रतिस्पर्धामा विधार्थीहरुले बनाएको फिल्म राखिएको हो । जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

यस्तै बिदेशी फिल्म तर्फ बुर्किना फासोको लोयल ड्यु साएक्लोन–आई अफ द साएक्लोन, मोरक्कोको घोष्ट अफ स्पेश टाईम, अल्जेरियाको ला चेम्बर, क्यामरुन लेश मेलोडियस डु, फ्रान्सको ले मोन्डे डी चिज टी काफ, कँगोको एबुला नगान्दो, बेनिनको ले मोन्डे ए लिप्रियुभी, सोमालिया÷अस्ष्ट्रिया÷जर्मनीको लाईफ अन द हर्न, घानाको लिबर्टी, ट्युनेशिया÷युएसएको द मेन हु बिकेम म्युजियम रहेका छन् । यस्तै इजिप्टबाट यसपटक दिई ईज माई नाईट, आजिया, द अदर चेक, एबाउट ए गर्ल सहित ४ वटा चलचित्र चयन भएका छन् ।