मोडल सिम्पल खनालले गरीन् बिवाह

...

माघ ३, काठमाडौं । केहि दिन अघि मात्र प्रेमी नदिनसँग इन्गेजमेन्ट गरेकी मोडल सिम्पल खनालले बिहे गरेकी छिन् । उनले आईतबार काठमाण्डौको हायात होटलमा परिवार र आफन्तहरुको उपस्थितीमा बिहे गरेकी हुन् ।
simple khanal marraigeमोडल सिम्पलको बिहेमा कलाकारीताका सँग सम्बन्धित साथीभाईहरु खासै देखिएनन् । पारिवारीक इष्टमित्रहरुको मात्र उपस्थिती देखिएको सिम्पलको तस्बिर मोडल नम्रता सापकोटाले फेसबुकमा राखेकी छिन् ।

म्युजीक भिडियो निर्देशक प्रसन्न पौडेलसँगको डिभोर्स पछि एक्लीरहेकी सिम्पलको बेलायतमा रहँदै नदिन सँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ । उनीहरुले बेलायतमै रहँदा विवाह गर्ने योजना बनाएका थिए । मोडल सिम्पल पछिल्लो समय खासै म्युजीक भिडियोमा देखिएकि छैनिन् ।