सुमन शेखरको उर्दू गजल भारतको टी सिरिजबाट सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।

गायक सुमन शेखर मानन्धरको स्वरमा रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक गरिएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।

मुख्य गरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो । गीतकार तथा संगीतकार इम्तियाजवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्धिपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्राय सहित गीत तयार गरेको जानकारी गराउनुभयो । कुनै समय अध्ययनकालागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीतगजल र शायरीमाचाख बसेको र सोहीचाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताउनुभयो ।

यस्तै निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपालीकलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतःपहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षाव्यक्त गर्नुभयो ।

कार्यक्रममा गीतलाई शुभकामना दिनपुग्नु भएका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए । सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गर्नुएको हो भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।

Video: Click Here