अनुप बरालको ‘दोख’को असार २४ मा रिलिज हुने

आर्टिष्ट खबर/ जेठ, काठमाडौँ ।

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ ।  झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्छ । यद्यपि निर्देशक अनुप बरालका अनुसार यस चलचित्रले सामुदायिक बनको मुद्धालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको छ ।

यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरु पनि छैन । सामाजिक द्वन्दको कथा ‘दोख’को छिट्टै टिजर सार्वजनिक गरिने र प्रचार प्रसार सुरु गर्ने निर्माता मनोज अधिकारीले जानकारी दिए। चलचित्रले उठाउन खोजेको कथाले नेपाली दर्शकको मन छुनेमा निर्माण टिम बिस्वस्त रहेको छ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई राजन कटैतले लेखेका हुन् । चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । चलचित्रमा आभास र पुष्प संगमको संगीत समाबेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक,धर्म अधिकारी,प्रविन पाठक,सुमिता आचार्य,शिशिर खरेल,दिपक खनाल,युबराज भट्टराई रहेका छन्। चलचित्रको वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।