गीतकार भमाको शब्द र स्वरुपराजको स्वरमा ‘खोजि हिडेको’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गीतकार भमा देवकोटा शर्माको रचना र स्वरुपराज आचार्यको स्वर रहेको नयाँ गीत खोजि हिडेको भिडियो सार्वजनिक गरिएको छ । अनुनय एल्बममा संग्रहित गीतमा बिष्णु तामाङले संगीत दिएका छन् ।

भमा पेशाले चिकित्सक हुन् र उनी अमेरिकामा बस्छिन । आफ्नो कार्य क्षेत्र अमेरिका नै भएता पनि उनको नेपाल आउने जाने क्रम बाक्लै हुने गरेको छ । फुर्सदमा उनी कलम चलाउँछिन र आफुले रचेका रचनाहरुलाई गीतको रुप दिने गरेकी छन् ।

उनको लेखन कलामा श्रीमान प्रमोद शर्माले पनि राम्रो साथ दिने गरेका छन । प्रमोद पनि पेसाले चिकित्सक नै हुन । तथापी उनमा पनि कलाकारिताको भुत सवार छ । तेसैले गीतको सार्वजनिक भिडियोमा उनले अभिनय समेत गरेका छन ।

प्रमोद संगै भिडियोमा अमृता श्रेष्ठले समेत अभिनय गरेकी छन । भिडियोका निर्देशक भने बसन्त सापकोटा हुन । दिपक कुमार शर्मा र अम्बिका शर्माले निर्माण गरेको भिडियो प्रारम्भ क्रिएसन नामक युटुब च्यानाल मार्फत सार्बजनिक गरिएको छ । भिडियोमा समाजमा बिकराल रुपमा रहेको बलात्कारको घटनालाई उठाउन खोजिएको छ ।