डिएचसीमा पुग्नुभएका करिश्मा, बेनिशासँग सुन्दरताका कुरा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री करिश्मा मानन्धरलाई सदाबहार नायिका भनेर चिनिन्छ । बिशेषगरी करिश्माको सुन्दरताको खुबै चर्चा हुने गर्छ । करिश्माले सुन्दरतालाई जोगाई राख्न के गर्नुपर्छ भन्ने प्रश्नको उत्तर दिइरहनु परेको हुन्छ ।

यसैबिच अभिनेत्री करिश्माले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताउनु भएको छ । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उहाको कथन छ ।

बिहीबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तर्राष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई राख्नुभएको हो ।

हलिउडका कलाकारहरुले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा अभिनेत्रीहरु करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल  ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डि एच सीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डि एच सीका २१ वटा उत्पादको सँयुक्त लोकार्पण गर्नुभयो ।

विश्वका मानिसहरुको मन जितेर सबैलाई प्राकृतिक रुपमै सुन्दर बनाउँदै आएको सौन्दर्य सम्बन्धि अन्तराष्ट्रिय उत्पादन डि एच सीलाई आफुले सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको पनि करिश्माले बताउनुभयो । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादन प्रति आफु विश्वस्त भएको पनि करिश्माले बताउनुभयो ।

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डि एच सी आफुहरुको लागि झनै उपयोगी हुने गरेको उहाले बताउनुभयो । नायिका भएका कारण आफु छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजक भएको र बिदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफुहरु झनै खुसी भएको पनि उहाले बताउनुभयो ।

मोडल उषा उप्रेतीले नारीहरुको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताउनुभयो । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तर्राष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डि एच सीले नेपालीहरुको सुन्दरतामा अझ निखार ल्याउने बताउनुभयो ।

नेपालमा डि एच सीको उत्पादन भित्राउन सफल कम्पनी हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले कार्यक्रममा भन्नुभयो, ‘जापानमा क्लिनिकली प्रमाणित भएको आई एस ओबाट प्रमाणित डि एच सीको उत्पादन हलिउडका स्टारहरुको समेत पहिलो नम्बरको रोजाईमा परेको कस्मेटिक हो र यो अन्तराष्ट्रिय ब्रान्ड विश्वका ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । गुणस्तरमा विश्वको मन जितेको यो कस्मेटिक उत्पादन अब हामीले भारतीय बजार भन्दा निकै सस्तो मूल्यमा नेपालमा बिक्री गर्दैछौं ।’ डि एच सीको स्किन केयर, हेयर केयर, मेक अप, सप्लिमेन्ट सहित दुई हजार भन्दा बढी उत्पादन विश्व बजारमा बिक्री हुँदै आए पनि आफुहरुले नेपालमा अहिले स्किन केयर सम्बन्धि २१ वटा उत्पादन भित्राएको पनि प्रबन्ध निर्देशक सुजनले कार्यक्रममा बताउनु भएको थियो ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीले डि एच सीको बिहिबार सार्वजनिक गरिएको उत्पादनबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा अग्रज ब्युटिसियन सोनी कारँजित र कस्मेटोलोजिस्ट परिषी कारंजितले डि एच सीको उत्पादन कसरी प्रयोग गर्ने भनेर देश भरका यस भन्दा बढी बिक्रेता तथा व्युटिसियनहरुलाई कार्यक्रममा कार्यशाला मार्फत जानकारी गराउनु भयो । यो उत्पादन नेपाली बजारमा आफुहरुले पठाईसकेको डि एच सीको नेपाल सेल्स म्यानेजर कमल भारतीले जानकारी गराउनु भएको थियो ।