अभिनेत्री दीया पुन सहित २० जनाको टिमद्धारा सगरमाथा आरोहण

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

अभिनेत्री दीया पुनले संसारकै अग्लो शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । उहाले शुक्रवार बिहान आफ्नो २० जनाको टिम सहित ८,८४८.८६ मिटर उचाईंको सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । सगरमाथामा दीयाले राष्ट्रिय झन्डा फहराउनु भएको थियो । सगरमाथा आरोहणपछि उहासहितको टोली सुरक्षित रुपमा साउथ कोलमा फर्किसकेको छ ।

उक्त टिममा रहनु भएका चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुम्नु भएको बताइएको छ । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढ्नु भएको हो । दियाले बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फष्र्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सगरमाथाको आरोहण गर्नुभएको हो । उहाँ लामो समयदेखि परिवारसँग बेलायतमा बस्दै आउनु भएको थियो । दिया बेलायतमा नर्सिङ पेशामा आबद्ध हुनुहुन्छ ।

दीयाले यसअघि नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको पनि आरोहण गरिसक्नुभएको छ । ‘वीर विक्रम’बाट अभिनेत्रीको रुपमा सुखद् डेब्यू गर्नुभएको उहाले  ‘मिस्टर झोले’, ‘दयारानी’ लगायतका चलचित्रमा पनि अभिनय गर्नुभएको छ । उहाले अभिनय गरेको नयाँ चलचित्र ‘मन्त्र’ यस वर्षको बैशाख १६ गते प्रदर्शन भएको थियो ।

दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बन्नुभएको छ । यसअघि अभिनेत्री निशा अधिकारीले सगरमाथा चढिसक्नुभएको छ भने गतसाता गायक राजु लामाले पनि जलवायु परिवर्तन विरुद्धको सन्देश दिन सगरमाथा चढ्नुभएको थियो ।