रवि र बेनिशाको ‘सुन माया’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक रवि ओड र गायिका बेनिशा पौडेलको स्वरमा नयाँ गीत ‘सुन माया’ सार्वजनिक गरिएको छ । उक्त रोमान्टिक गीतको म्यूजिक भिडियो बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।

गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गर्नुभएको हो । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्रीको अभिनय रहेको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरुले फरक गर्ने प्रयास गरेको बताउनु भएको छ । उहाले भन्नुभएको छ, ‘प्रायः म्यूजिक भिडियोमा  उमेर पुगेका कलाकारहरुले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा–युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’

निर्देशक पान्डेले पनि गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा–युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताउनुभयो । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा–युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उहाले भन्नुभयो ।