‘सर्वजीत’ चलचित्र बन्ने, प्रधानमन्त्रीद्धारा शुभ मुहूर्त

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘सर्वजीत’ निर्माण गरिने भएको छ । शनिबार यो चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्ल्याप ठोकेर शुभ मुहूर्त गर्नुभयो । चलचित्रलाई सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले निर्देशन गर्दैहुनुहुन्छ ।

डिसी ६ वर्षपछि चलचित्र निर्देशनमा फर्किनुभएको हो । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पछि उहाले चलचित्र ‘सर्वजीत’बाट निर्देशनमा पुनरागमन गर्न लाग्नुभएको हो ।

दलित महिला केन्द्रले निर्माण गर्न लागेको चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनीमा आधारित हुने निर्देशक डिसीले जानकारी दिनुभयो । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो । पहिला डकुमेन्ट्री बनाउन लागेको भएपनि सर्वजीतको जीवनी थाहा पाएपछि फिचर फिल्म बनाउने निर्णय गरेको डिसीले बताउनुभएको छ ।

मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने फिल्ममा रणेन्द्र बराईलीको कथा, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा, एनबी महर्जनको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । बाग्लुङ्ग, पाल्पा, पोखरा, काठमाडौं र बनारसमा छायांकन हुने चलचित्रको सुटिङ आगामी भदौ अन्तिमबाट सुरु हुनेछ ।

चलचित्रको मुहूर्त कार्यक्रममा उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब चलचित्र निर्माणका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने चलचित्रको डिजिटल पार्टनर डिएआर मुभिजले खरिद गरेको छ । चलचित्रका लागि कलाकारहरु भने फाइनल भइसकेका छैनन् ।