‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन हुने

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नीता फिल्मस्ले निर्माण गर्न लागेको नयाँ नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको ‘रामोजी फिल्म सिटी’मा छायांकन गरिने भएको छ । हालै फिल्म निर्माण कम्पनि र फिल्म स्टुडियोबीच सम्झौता भएको चलचित्रका मुख्य कलाकार हरिहर अधिकारीले जानकारी दिनुभयो ।

संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । वलिउड तथा दक्षिण भारतका अधिकांश फिल्महरु उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् ।

नीता ढुङ्गाना र हरिहर अधिकारीको मुख्य अभिनय रहने चलचित्रमा भारतका चर्चित कलाकारहरु समेत अभिनय गर्ने बताइएको छ । चलचित्रमा ‘गजनी’ भिलेन प्रदीपराजसहित दक्षिण भारतीय चलचित्रका चर्चाका कलाकारहरु अभिनयमा बताइएको छ । चलचित्रका सबै कलाकार को–को रहने निर्माण टिमले खुलाएको छैन । मूहर्त पहिले सम्पुर्ण ‘कास्ट एण्ड क्रू’बारे जानकारी गराइसक्ने नीता फिल्मस् ले बताएको छ ।

यसैबीच चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्रको प्रतिलिपि अधिकार निर्माण कम्पनिले आफ्नो पक्षमा पारेको छ । पछिल्लो क्रममा नेपाली फिल्म पाइरेसीदेखि स्टोरी जुध्नेगरि सोहि प्रकृतिका कन्टेन्टहरु अन्य कम्पनि र फिल्महरुदेखि सोसियल मिडियासम्ममा प्रयोग हुने क्रम बढेकोले चलचित्रको नाम र स्कृप्टको प्रतिलिपि अधिकार दर्ता गरि अन्य कसैले ‘ह्रस्व दीर्घ’मा समेटिएका कुनै पनि कथा, संवाद र प्लट (कन्टेन्ट) प्रयोग गर्न नपाउने गरि प्रतिलिपि रजिष्ट्रारको कार्यालयमा दर्ता गरिएको बताइएको छ ।

चलचित्रको छायांकन आउँदो साउन महिनाबाट सुरु गरिने जानकारी प्राप्त छ । हाल स्कृप्टलाई अन्तिम रुप दिने काम चलिरहेको निर्माण टिमले बताएको छ । यो चलचित्रलाई बलिउडका दर्जनौं सफल फिल्म खिचिसकेका छायांकार कविरलालले खिच्ने समेत बताइएको छ ।