अब असार ३१ मा ‘सम्झना–बिर्सना’

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो । अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ ।

निर्माता अद्वितीय प्रधानले चलचित्रको प्रदर्शन मिति तय भएको जनकारी दिनुभयो । कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गर्नुभएको हो । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा, आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणाको अभिनय छ ।

दार्जिलिङ, सिल्गुढी र सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उहालाई अभिनेता राणाले सघाउनु भएको छ ।

शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । चलचित्रको यसअघि ‘परेलीमा लुकाउछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ ।