मलाई कसैको धम्की आएको छैनः सलमान खान

एजेन्सी ।

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको बिषयमा सलमानले आफूलाई कसैको धम्की नआएको बताउनुभएको छ । धम्कीपूर्ण पत्रको सम्बन्धमा मुम्बई प्रहरीले एक अज्ञात व्यक्तिको नाममा मुद्दा दर्ता गरेको थियो । यसै बिषयमा प्रहरीले सलमानको बयान लिनेक्रममा आफ्नो कसैसँग दुश्मनी नभएको र कसैले धम्की नदिएको बताउनुभएको हो । प्रहरीसँग सलमानले भन्नुभएका ेछ, ‘मेरो कसैसँग दुश्मनी छैन र मलाई कसैले धम्की दिएको छैन ।’

रिपोर्टका अनुसार बान्द्रा प्रहरीले सलमानलाई ग्याङ्स्टर गोल्डी ब्रार र लरेन्सको बारेमा सोधेको थियो । जसमा सलमानले भन्नुभएको छ, ‘मलाई धम्की दिने पत्रको विषयमा कसैमाथि शंका छैन । आजकल मेरो कसैसँग दुश्मनी छैन । मैले सन् २०१८ मा लरेन्सको बारेमा सुनेको थिएँ किनभने त्यसतिबेला उनले मलाई धम्की दिएका थिए । तर म गोल्डी र लरेन्सलाई चिन्दिनँ ।’

धम्कीको बारेमा कुरा गर्दै उहाले प्रहरीलाई अघि भन्नुभएको छ,  ‘हालको दिनमा मेरो कसैसँग झगडा वा बहस भएको छैन । मलाई कुनै धम्कीयुक्त फोन पनि आएको छैन । चिठ्ठी पनि मैले होइन, मेरो बुवाले पाउनुभएको हो । त्यो पनि बिहान घुम्न निस्कँदा ।’

बान्द्रा प्रहरीलाई बयान दिएपछि सलमान आफ्नो आगामी चलचित्रको सुटिङका लागि हैदरावाद प्रस्थान गर्नुभएको छ । त्यहाँ उहाको २५ दिनको तालिका छ । बडीगार्ड शेरा र उहाको टोली सलमान हैदरावाद पुग्नुअघि नै पुगिसक्नुभएको छ ।