ओलीको स्मरणः अस्पतालमा नर्सले गीत सुनाउँथे

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूलाई सम्मान गर्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गाएर आफूलाई सुनाउने गरेको स्मरण गर्नुभयो । उहाँले गीतको महत्व बारे चर्चा गर्नुभएको हो ।

उहाँले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गर्नुभएको हो । ‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भन्नुभयो ।

काममा व्यस्त हुँदा पनि उपचारमा संलग्न चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताउनु यभो । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उहाँले बताउनु भयो ।

अध्यक्ष ओलीले ‘सालको पात टपरी हुने‘’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताउनु भयो । बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको बताउँदै ओलीले मानव जीवनमा संगितको ठूलो महत्त्व रहेको स्मरण गर्नुभयो । उहाँले गीतरसंगितभन्दा टाढा कोही रहन नसक्ने समेत बताउनु भयो । यसैगरी अध्यक्ष ओलीले आफू नेपालमा जम्मिएकाको गर्व लागेको समेत बताउनु भयो ।