वासुको कवितासंग्रह सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">कवि तथा नाटककार वासु शशीको कवितासंग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ सार्वजनिक गरिएको छ । कवि वासु शशीका ८ कविताकृतिहरूबाट ११८ वटा कविता, गीत, मुक्तक छनोट गरी यस संग्रहमा समावेस गरिएको छ ।&nbsp;</p><p style="text-align: justify; ">शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जकहरू कालीप्रसाद रिजाल, यादव खरेल, गणेश रसिक तथा वासु शशी पत्नी जुलुम वैद्यलगायतले सामुहिक रूपमा कृति सार्वजनिक गर्नुभयो । वक्ताहरूले सार्वजनिक कृति शशीको प्रतिनिधि कवितासंग्रह भएको उल्लेख गर्नुभएको थियो । शशीका सबै विधाका गरी २३ कृति प्रकाशित छन् ।</p><p style="text-align: justify; ">कार्यक्रममा गीतकार कालीप्रसाद रिजालले वासु शशीको आत्मा नै कविता भएको उल्लेख गर्नुभयो । साहित्यकार यादव खरेल, कवि मोमिला जोशी&nbsp; कृतिका सम्पादक राजकुमार बानिया, आयोजक संस्था वासु शशी स्मृति परिषद्का अध्यक्ष सर्जक गणेश रसिक लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।&nbsp;</p>