‘कबड्डी ४’ बौद्ध धर्मको मानमर्दन गरेको भन्दै प्रशासनमा उजुरी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

प्रदर्शनरत नेपाली चलचित्र ‘कबड्डी ४’ ले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रोविनकुमार लामाले सोमबार चलचित्रविरुद्ध उजुरी दर्ता गराएको प्रशासनका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिनुभएको छ ।

निवेदक लामाले चलचित्रको प्रदर्शन रोक्न समेत माग राख्नुभएको छ । उहाले दृश्य काँटछाँट गर्न पनि माग गर्नुभएको छ । निवेदनमा सेन्सर बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

उजुरीमा लामाले उल्लेख गर्नुभएको छ, ‘कबडडी ४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पु¥याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने विषय समावेश हुँदाहुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाऊँ ।’

रामबाबु गुरुङ निर्देशित चलचित्रले प्रदर्शनको १६ दिनसम्म २० करोड रुपैयाँ बढी ग्रस कमाइ गरेको छ । अहिले पनि बिभिन्न हलमा यो चलचित्र हाउसफूलका साथ प्रदर्शन भइरहेको छ ।

नेपाली चलचित्र इतिहासमै यो पहिलो चलचित्र हो जसले रिलिजको १६ दिनमा  २० करोड ग्रस कलेक्सन गरेको छ । चलचित्रलाई बिग मुभिजले १७ र एफक्युबले पनि १७ शो दिएका छन् । कीर्तिपुर हलमा ६ वटा शो सबै हाउस फुल छन् । यस अघि बलिउड फिल्म केजिएफले ८० शो पाएको थियो । बलिउडले पाएको शोको रेकर्ड ब्रेक गर्दै चलचित्र ‘कबड्डी ४’ ले ९० भन्दा बढी शो पाएको छ ।

चलचित्रमा दयाह्याङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय रहेको छ ।