‘झिँगेदाउ’को पोस्टर सार्वजनिक, भदौ १७ मा रिलिज गरिने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘झिँगेदाउ’को २ पोस्टर सार्वजनिक गरिएको छ । पोष्टर सार्वजनिक गरेसँगै नयाँ प्रदर्शन मिति तोकिएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको यो चलचित्रको यसअघि भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । अब भदौ १७ गतेबाट नेपाल भरका चलचित्रघरमा रिलिज हुनेछ । निर्माता देउजाले सिनेमाको रिलिज दुई हप्ता अगाडी प्रि(पोण्ड भएको बताए ।

कोरोना महामारी अगाडी नै अधिकांश छायांकन सकिएको सिनेमाको केहीदिन अगाडी मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको चलचित्रको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ । राम्रो सिनेमा बनेकाले पनि सिनेमा रिलिजका लागि उपयुक्त रिलिज मिति भदौ १७ नै लागेकाले वितरकको आग्रहमा रिलिज प्रिपोण्ड गरिएको निर्देशक देउजाले जानकारी गराए ।

चलचित्रमा केकी अधिकारी मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भुमिका निवार्ह गरेका छन् । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको सिनेमाका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।