साक्षीको मायामा डुबेका दिक्पाल र एसराज (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

मोडल साक्षी लम्सालको पछिपछि दिक्पाल कार्की र एसराज गरच घुमिरहेका छन् । दुबैले उत्तिकै माया गर्छन् । तर अन्तिममा साक्षीले दुई मध्ये एकजनालाई माया गरेर गएकी छिन् ।

यो प्रसंग ‘पाउनु मात्रै होइन माया’ बोलको गीतको भिडियोको हो । भिडियोको कथा अनुसार यी तिन कलाकारले अभिनय गरेका हुन् । भिडियोको निर्देशन तथा कथा बुन्ने काम सुब्रतराज आचार्यले गरेका हुन् ।

उक्त गीत गीतकार स्वार्थी ध्रुवको हो । गीतमा उहाकै स्वर र संगीत, सचिन सिंहको एरेञ्ज र प्रकाश पन्तको मिक्सिङ तथा मास्टरिङ छ । त्रिकोणात्मक प्रेमकथामा आधारित गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र कलर, जया शर्माको क्रिएटिभ निर्देशन र दीपेन गौतम माइकलको प्रोडक्सन डिजाइन छ । गीतको भिडियो स्वार्थी ध्रुव अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय गीतकार स्वार्थी ध्रुवले तीन सय बढी गीत लेखिसकेका छन् । उनी पेशाले अधिवक्ता हुन् । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको थियो । जुन कार्यक्रममा गायक ध्रुवले गीतसंगीतलाई आफूले छाड्न नसकेको बताए । उनले सबैको मिहिनतले गीत र भिडियो राम्रो बनेको जानकारी दिए ।

यस्तै भिडियोकी कलाकार साक्षीले आफूले गरेको गीतको सकारात्मक प्रतिक्रिया आउनेमा विश्वार रहेको बताइन् । उनले यसअघि एसराजसँग पहिलेनै दुईवटा भिडियोमा काम गरेको र दिक्पालसँग पहिलो भिडियो भएको जानकारी दिइन् । कलाकार दिक्पाल र एसराजले पनि भिडियो राम्रो बनेको भन्दै निर्माण टिमको मिहिनतको प्रसंशा गरेका थिए ।

Music Video: Click here