‘द नेशनल डिजाइनर रनवे’ हुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

मोडल सङ्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुने भएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जानकार दिएको हो ।

आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताउनुभयो । ‘आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाइनिङ क्षेत्रमा आफूलाई अब्बल साबित गर्न फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिनसक्नेछन्’, उहाले भन्नुभएको छ ।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शिर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै अन्य विभिन्न आकर्षक उपहार प्राप्त गर्ने जानकारी दिनुभयो । उहाका अनुसार ‘द नेशनल डिजाईनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ‘ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन् ।