मिस एसईई स्टारको २०२२ को उपाधी रितिका शाहलाई

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यो वर्षको मिस एसईई स्टारको चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन ।

यसैगरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन ।  स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन ।

ग्रिष्मा घिमिरेले मिस फोटोजेनीकको टाईटल हात पार्दा प्रिन्सा खड्काले मिस कन्फिडेन्ट, व्युटी विथ ब्रेनको टाईटल श्रेष्ना श्रेष्ठले र मिस ईन्टिलेक्च्युएलको टाईटल जेनिका धिमालले जितेका थिए । सगुन पाण्डेको कोरियोग्राफी रहेको प्रतियोगितामा नायक कोशिस क्षेत्री, डाईरेक्टर विशाल भण्डारी, फिल्म निर्माता श्रीदेव अर्याल, फेशन डिजाईनर सावित्री ढुंङ्गाना तथा शिक्षाविद् राजन श्रेष्ठ निणार्यक मण्डलमा रहेका थिए ।

ललितपुरको बालकुमारीस्थित म्यूजिक सिटी हलमा आयोजित उक्त फिनालेमा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री झलनाथ खनालले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रम आयोजक सोनीतराज ढुुङ्गेलले सम्पुर्ण प्रायोजक र सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए ।