खाडी मुलुकमा रहेका नेपालीमाझ सिस्नुपानी नेपालले ‘दुई थोपा हाँसो’ कार्यक्रम गर्ने

...

माघ ५, काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्यमा अग्रसर रहेको ‘सिस्नुपानी नेपाल’ले आफ्नो देश छोडेर प्रदेशमा रहेका नेपालीहरु माझ ‘दुई थोपा हाँसो’ नाम कार्यक्रम गर्ने भएको छ । देश बाहिर बिभिन्न देशमा रहेका नेपालीमाझ उनीहरुले काम गर्ने कम्पनीमै पुगेर कार्यक्रम गरीने जनाईएको छ ।

shisnu pani-nepal-पहिलो चरणको यात्रा माघ ७ गतेबाट दुबई बाट सुरु हुने र त्यसै गरी कतार र बहराइन हुँदै माघ २९ गते मलेसिया पुगेर सम्पन्न गर्ने आयोजकले बताएको छ । दोस्रो चरणको यात्रामा साउदी अरब, ओमान, कुबेत, इजरायल र कोरियामा कार्यक्रम गरिनेछ ।

कार्यक्रममा सात जना कलाकारहरु पनि सँगै हुने र उनीहरुको बिभिन्न प्रस्तुती रहने बताइएको छ । हाँस्यब्यंग्य क्षेत्रका प्रतिभाशाली कलाकार मनोज गजुरेलबाट विविध हाँस्यव्यङ्ग्य प्रस्तुती हेर्न सकिनेछ ।

मुलुक बाहिर बसेर देशलाई आर्थिक टेवा दिइरहेका नेपालीसँग बसेर यो कार्यक्रम गर्न लागिएको कार्यक्रममा जानकारी दिइयो । विदेशमा रहेका नेपालीलाई तनावबाट मुक्त गराउन र देशका बारेमा जानकारी दिनका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।