दर्शकको नजरमा पर्दै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पछिल्लो समय नेपालमा पनि थुप्रै रियालिटी शो सञ्चालनमा छन् । गायन, डान्सिङ तथा कमेडी रियालिटी शोहरुले टेलिभिजन भरिएको छन् । नाम चलेका प्राय टेलिभिजनमा एक देखी दुई रियालिटी शो प्रसारण गरिरहेका छन् । फ्रेन्चाइज होस् या मौलिक यतिबेला रियालिटी शो हेर्ने नेपालीको जमात पनि टन्नै छ ।

यसैबिच हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ पनि इमेज टेलिभिजनमार्फत प्रसारण भइरहेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा हरेक हप्ताको आइतबार र सोमबार पौने ८ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनिले आफ्नो कार्यक्रम छोटो समयमा रियालिटी शो प्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्ष देखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिनु, निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको उक्त शो निर्देशक रवि श्रेष्ठले बताउनु भएको छ ।

कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ हुनुहुन्छ । हालसम्म प्रसारण भएका एपिसोडहरुमा प्रतिस्पर्धीहरुको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोको पारखीहरुको धारणा छ ।

ब्याटल अफ दि स्टार्स ट्याग लाइन लिएर आएको र सेन्सोडाइनले शिर्षक प्रायोजन गरेका नेपाल्स सिङ्गिग सुपरस्टार कुनै पनि विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रमलाई नेपालको मौलिक रियालिटी शो बताउनुहुन्छ । सुरजलाल जोशी प्रोजेक्ट हेडको रुपमा रहेको, बिदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम इमेज एच. डी. टेलिभिजनसँगै युट्युवमा ओएसआर रियालिटी मार्फत प्रसारण भइरहेको छ । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यद्यपी पछिल्लो समय रियालिटी शोहरुको क्रेज भने घट्दै गएको देखिन्छ । नेपालमा सांगितीक रियालिटी शोहरुको जब सुरुवात थियो त्यो समयको क्रेज र अहिल हेर्ने हो भने शो हेर्ने दर्शकमा ठुलो गिरावट छ । कुनै पनि एक इपिसोड युटयुवमा हेर्नेको संख्या १ मिलियन भन्दा बढी हुन्थे तर पछिल्लो समयका रियालिटी शोहरुको एउटा इपिसोडलाई दुई देखी तीनलाखले हेर्न पनि मुस्किल परेको देखिन्छ ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’को कुरा गर्नेहो भने प्रत्येक इपिसोड ३ लाखको औसतमा हेरिएको छ ।