दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको फर्म खुल्ला

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

क्वालिटी फिल्मस् प्रा.लि.को आयोजनामा ‘दोश्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ आयोजना हुने भएको छ । सो अवार्डको लागि यही १ साउनबाट फारम खुला गरिएको छ । आईतबार काठमाडौंको बानेश्वर स्थित होटल रानी महलमा पत्रकार भेटघाट आयोजना गर्दै आयोजक संस्थाले अवार्डबारे जानकारी गराएको हो ।

चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको लागि गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावको गीत, चलचित्र गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण तथा म्युजिक भिडियो अन्तर्गत मोडल, सम्पादक, छायाँकार, नृत्य निर्देशक, निर्देशक जस्ता विधामा फारम खुला गरिएको आयोजक संस्था क्वालिटी इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष उमेश गुरुङले बताएका छन् ।

यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादकजस्ता विधामा अवार्ड प्रदान गरिने छ । २०७८ बैशाखदेखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका गीतहरुले यो प्रतियोगितामा सहभागी हुन पाउने छन् ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७८ देखि २०७९ साउन अन्तिमसम्म रिलिज भएका फिल्महरुले भागलिन पाउने छन् । जसमा निर्देशक, नायक, नायिका, नवनायक, नव नायिका, सहनायक, सहनायिका, खलचरित्र, चरित्र अभिनेता, अभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा फारम खुला गरिएको छ ।

नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउँदै सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ गत वर्षबाट यो अवार्ड आयोजना गर्दै आएको क्वालिटी फिल्म्स्का अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले पत्रकार भेटघाटका क्रममा बताए । अवार्डको फारम यही साउन अन्तिमसम्म बुझाउनु पर्ने पनि अवार्ड आयोजक गुरुङले जानकारी गराए । यो अवार्डको अफिसियल पेजबाट तथा आयोजकबाट फारम लिन सकिने छ ।