प्रकाश ट्रेलरः प्रदीपको भिन्न लुक्स

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी भदौ १० गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र प्रकाशको ट्रेलर सार्वजनिक गरिएको छ । स्टारडर्मलाई बिर्सेर युवास्टार प्रदीप खड्काले प्रकाशमा भिन्न भूमिका निभाएका छन् । यसै अनुरुप आफ्नो फरक भूमिका रहेको चलचित्रको ट्रेलरमा प्रदीपको मिहिनत देखिन्छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, दिया मास्के, रेणु योगी लगायतलाई देख्न सकिन्छ । ट्रेलरमा प्रदीपले सरकारी शिक्षक बन्नका लागी गरेको संघर्ष देखाइएको छ ।

कार्यक्रममा अभिनेता प्रदीपले प्रकाशका लागी आफूले गरेको मिहिनतको अनुभव सुनाएका थिए । वर्कसपको समयमा खाली खुट्टा हिड्ने देखि आफूलाई भिन्न भूमिकामा देखाउनका लागी आफूसँगै टिमको मिहिनतले सफल भएको उनको भनाई थियो ।

साथै कलाकार दिया मास्केले प्रकाशमा निभाएको भूमिका आफ्नो लागी अहिलेसम्मकै फरक रहेको बताइन् । साथै अभिनेत्री रेणु योगीले आफ्नो डेब्यु चलचित्र भन्दै आफूले ठुलो अवसर पाएको बताइन् । चलचित्रका निर्देशक दिनेश राउत र निर्माता महेन्द्र अधिकारीले चलचित्रका कलाकार र सम्पुर्ण टिमको मिहिनतले नै चलचित्र राम्रो बनेको बताएका थिए ।

तस्बिरः संगीत वली/ आर्टिष्ट खबर