नयाँ जन्म भएजस्तो लागेको छः प्रदीप खड्का

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आउँदो भदौ १० गतेबाट युवास्टार प्रदीप खड्काको अभिनयमा रहेको चलचित्र ‘प्रकाश’ रिलिज हुने तयारीमा छ । यसअघिको हिट चलचित्र प्रेमगीतमा अभिनेता प्रदीप जस्तो भूमिकामा देखिनुभएको थियो त्यो भन्दा निकै फरक भूमिका देखिदैहुनुहुन्छ ।

यसैबिच मंगलबार चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता प्रदीप खड्काले चलचित्रसँग सम्बन्धित आफ्नो भनाई राख्नुभयो । चलचित्रमा काम गर्दाको अनुभव साट्नुभयो । चलचित्र चलाउनकै लागी बिभिन्न फण्डा गर्ने चलन नेपाली कलाकर्मिमा छन् । उदाहरणका लागी गएका साता प्रदर्शनमा आएको सम्झना बिर्सनाका दुई मुख्य कलाकार पुजा शर्मा र आकाश श्रेष्ठलाईं लिन सकिन्छ ।

हलमा फ्यानहरु बटुलेर नारा लगाइरहेको बेला आफ्नो नाममा नारा नलगाउँदाको भन्दै अभिनेत्री पुजाले आक्रोश ब्यक्त गर्नुभएको थियो । यसैबिच बिभिन्न माया प्रेमका फण्डा गरेर चलचित्र चल्छ भन्ने प्रश्नमा प्रदीप खड्काले चलचित्र चल्नका लागी चलचित्र नै राम्रो हुनुपर्ने तर्क राख्नुभयो । ‘चलचित्र चलाउनका लागी फण्डा गरेर मात्र हुँदैन । सर्वप्रथम चलचित्र नै राम्रो हुनुपर्छ । त्यस्ता किसिमका फण्डाले केहि दिन दर्शकको ध्यान तान्न सकिन्छ होला तर चलचित्र आफैमा राम्रो भएमा मात्रै चलचित्र सफल हुन्छ जस्तो लाग्छ ।’ अभिनेता प्रदीपले भन्नुभयो । ‘नेपाली समाजमा यस्ता फण्डाले केहि हदसम्म इमोसनल बनाउँछ । त्यसलाई पनि पुर्णरुपमा नराम्रो मान्न मिल्दैन ।’

अभिनेता प्रदीपले आफूले अहिलेसम्मकै फरक भूमिका निभाएको कारण नयाँ जन्म भएको जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो चलचित्रमा काम गरेदेखी मेरो पनि नयाँ जन्म भएजस्तो लागेको छ ।’ यस्तै प्रदीपलाई आउँदो दशैंको छेकोमा प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत ३’का लागी समय दिनुहुन्छ कि ‘प्रकाश’का लागी भन्ने प्रश्नमा अबको एक महिना चलचित्र ‘प्रकाश’का लागी आफूले समय छुट्ट्याएको बताउनुभयो ।

यस्तै सोहि कार्यक्रममा अभिनेता प्रदीपलाई भेट्का लागी फ्यानहरु पनि हलसम्म आएका थिए । हलमै प्रदीपको नाममा नाराबाजी गरिरहेको देखिन्थ्यो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा नवअभिनेत्री रेनु योगीले आफूले ठुलो अवसर पाएको बताउनुभयो । यसै चलचित्रबाट डेब्यु गर्नुभएकी रेणु भन्नुहुन्छ, ‘चलचित्रमा काम गर्ने मेरो सपना हो । त्यो पुरा भएको छ । मेरो लागी थिएटर एउटा स्कुल थियो । जहाँ पढेर आज काम गर्न पाएकी छु । मलाई विश्वास गर्नुहुने चलचित्रको टिम प्रति बिशेष धन्यवाद दिन चाहान्छु ।’

कलाकार दिया मास्केले आफ्ना लागी प्रकाशमा गरेको भूमिका ‘च्यालेन्जिङ’ रहेको बताउनुभयो । उहाँले अहिलेसम्मकै फरक भूमिकामा काम गरेको बताउनुभयो । चलचित्रका निर्देशक दिनेश राउतले फरक धारको चलचित्रमा काम गरेको बताउनुभयो । प्रदीप खड्काको स्टारडर्मलाई रिक्समा राख्नुभएको हो भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा निर्देशन राउत भन्नुहुन्छ, ‘मैले प्रदीपलाई एक धारबाट अर्को धारमा लैजाने प्रयास गरेको हुँ र राम्रोकै लागी गरेको हुँ । प्रदीपलाई यसअघि जुन किसिमका फ्यानले माया गरेका थिए तिनै फ्यानले प्रकाशमा गरेको भूमिकालाई लिएर पनि खुसी ब्यक्त गरिरहेका छन् । त्यो मेरोलागीपनि खुसीको कुरा हो ।’

चलचित्रका निर्माता महेन्द्र अधिकारीले चलचित्र ब्यवसायीक बताइएको र आफूले चलचित्र निर्माण टिम र कलाकार बेष्ट रोजेको भन्दै कलाकार तथा निर्माण टिमको प्रशंशा गर्नुभयो । चलचित्रको कथा विकाश सुवेदीले लेख्नुभएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।

News Report: Click Here