पप् गायक अनिल सिंहले गाए देउडा गीत ‘रेलिमोई’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत  ‘रेलिमोई’ ल्याएका छन् ।  आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका हुन्।  विशेष गरि पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका हुन् ।

उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक टुरमा रहदा उनलाई देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराज मार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला , निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ , भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।