सर्वनाममा ‘सपना अनेक अनेक’ नाटक मञ्चन हुँदै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आजदेखी काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन गर्ने भएको छ । गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित नाटकको परिकल्पना तथा निर्देशन अशेष मल्लले गर्नुभएको हो ।

नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू–गूँ, भावना उप्रेती, धीरज थापा, निरीक्षा घतानी आदि कलाकारले अभिनय रहने छ ।  आगामी २१ गतेसम्म मञ्चन हुने नाटकमा राजु सिंहको संगीत, सत्यराज आचार्य तथा बानिका प्रधानको गायन छ भने प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी छ ।

नाटक प्रत्येक दिन साँझ ५ः३० बजे र शनिवार दिउँसो १ बजे अतिरिक्त शो समेत हुने सर्वनाम थिएटरले जनाएको छ । नाटकका लागि अन्यलाई तीन सय रुपैयाँ  र विद्यार्थीलाई दुई सयको टिकटको ब्यवस्था गरिएको छ । सर्वनामले आफ्ना ४ दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गर्न लागेको हो ।