सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा देखिदै

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी)</b></pre><p style="text-align: justify; ">चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने हुनुभएको छ ।सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रुपमा प्रस्तुति पनि देख्न सकिन्छ । प्रोमोमा उहा डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गर्नुभएको छ ।&nbsp; &nbsp; &nbsp;</p><p style="text-align: justify; ">अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ । दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन् । सुनिलले २०१६ मा कपिल शर्मासँगको झगडापछि ‘द कपिल शर्मा’ शो छोड्नु भएको थियो । यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिनुभएको थियो । अब भने उहा फेरि पुरानै चरित्रमा देखिने हुनुभएको हो ।</p><div style="text-align: justify; "><br></div>