‘छक्का पन्जा ४’ को शुभमुर्हुत, जितु नेपाल अटाएनन्

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

दीपक राज गिरी र दीपा श्री निरौला टिमको नयाँ चलचित्र 'छक्का पन्जा ४' घोषणा सँगै शुभ मुर्हुत गरिएको छ । यो टिमले चलचित्र बनाउने तर कुन टाइटलमा भन्ने अन्योल भइरहँदा अन्ततः छक्का पन्जाकै ब्राण्डलाई निरन्तरता दिने भएको हो । सोमबार भक्तपुरको सुर्यबिनायकमा रहेको गणेश मन्दिरमा पुजा गर्दै शुभमुर्हुत गरिएको हो । साथै चलचित्र आजैबाट छायांकनमा जाने बताइएको छ । चलचित्रको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

निर्देशकमा हेमराज बिसी

यसपटक छक्का पञ्जा ४ का लागी निर्देशकमा हेमराज बिसीलाई राखिएको छ । घामड शेरे, होस्टेल लगायतका चलचित्र निर्देशन गरेका हेमराजले छक्का पन्जा ४ निर्देशनको जिम्मा पाएका हुन् । निर्देशक बिसीले छक्का पन्जा टिमको चलचित्र निर्देशन गर्नपाउँदा कत्तिको प्रेसर फिल गर्नुभएको छ भन्ने प्रश्नमा कुनैपनि चलचित्र गर्दा प्रेसर भन्दा पनि राम्रो कसरी बनाउने भन्नेमै सोँच हुने र छक्का पन्जाको टिम भन्ने बित्तिकै छुट्टै फिल नहुने बताए ।

कलाकार घोषणा

चलचित्रको शुभमुर्हुतसँगै अभिनय गर्ने कलाकार पनि चिनाइयो । चलचित्रमा मुख्य भूमिकामा दीपकराज गिरी, केदार प्रसाद घिमिरे (माग्नेबुढा) सँगै दीपाश्री निरौला रहनेछन् । यसपटक दीपाश्री पनि मुख्य भूमिकामा रहने बताइएको छ । साथै यसपटकको सिरिजका लागी नयाँ कलाकारहरुमा नायिका बेनिशा हमाल, मनिला जोशी, राज आचार्य लगायतले अभिनय गर्नेछन् ।

जितु नेपाल अटाएनन्

यसपटकको चलचित्रमा भने जितु नेपाल (मुन्द्रे)को अभिनय देख्न पाइनेछैन । चलचित्र घोषणा अघि पनि मुन्द्रे र छक्का पन्जा टिमबिच मनमुटाव रहेको भन्ने बिभिन्न गसिप आइरहदा आफूहरुबिच राम्रो सम्बन्ध भएको तर यसपटकको चलचित्रमा जितु नरहेको दीपकराज गिरीले जानकारी गराए । उनले सधैं एउटै टिम हुनुपर्छ भन्ने नभएको र अन्य चलचित्रमा आगामी दिनमा सहकार्य हुने बताए । शुभकामना दिन पुगेका जितु नेपाल भन्छन्, हामी बिच त्यस्तो नराम्रो सम्बन्ध भन्ने केहि छैन । फेरी अन्य चलचित्रमा सहकार्य भैहाल्छ ।

video: