गायनसँगै मोडलिङमा जम्दै जित बहादुर

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली सांगितीक क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सबैलाई मुस्किल पर्छ । बिशेषतः अरुभन्दा फरक भएर दर्शक तथा स्रोतामाफ चिनिन सबैलाई चाहाना हुन्छ । यसैबिच सांगितीक क्षेत्रमा फरक तरिकाले आफूलाई चिनाउँदै आउनुभएका गायक तथा मोडल हुनुहुन्छ जित बहादुर रावत ।

दर्जनौ गीत संगीत सृजना गरिसक्नुभएका जित बहादुर गायनसँगै मोडलिङ तिर पनि ब्यस्त हुनुहुन्छ । कुशल कलाकार बन्ने सपना बुनेर सल्यान जिल्लाको त्रीबेनी गाउबाट काठमाडौं आइपुग्नुभएका जित बहादुरलाई सुन्न र हेर्न चाहाने दर्शक धेरै छन् ।

बुबा जगबिर रावत र आमा कुन्ती रावतको एकल छोरा जित बहादुर सानैदेखी गायकमा रुचि भएकै कारण आज गायन पेशामै आफूलाई उभ्भाएको उहाँ बताउनुहुन्छ । जित बहादुरले अझै पनि सांगितीक क्षेत्रमा आफूले धेरै गर्न बाँकी रहेको र भोलीको दिनमा अझै नयाँ कुरा सिक्दै दर्शक तथा स्रोतामा फरकपन प्रस्तुत गर्ने बताउनुभयो ।

जित बहादुरले दर्जनबढी गीतमा अभिनय गर्नुभएको छ ।सल्यानी शुसेली, नशालु आखैमा, हासिदेउ फुलसरी, गरिबी जीवन, सोल्टिनी, मैयालाई बोलाउदै, मेरि माया गाउमा, मसान घाटैमा, झिसमिसेमा, दसै तिहार भाग–१, पहिलो प्रेमिका, बिन्तिमेरो, तिज कोसेली , खाडी मुलुक, तिहार भैली ( बहिनी कन्याको कथा), आँसु कुना भरी (दसैं तिहार गित), भैलो (बालक राजा), आधुनिक गित तिम्रो सम्झनामा, छुवाछूत, दैलो, हिजोआज, पर्खाईमा बिते लगायतका गितहरुमा आवाज सँगै अभिनय पनि गर्नुभएको छ । साथै केहि सर्ट फिल्म र सिरियलमा समेत उहाँको अभिनय देख्न सकिन्छ ।

उहाँले बिष्णु माझी, राजु परियार, पुण कला बि सि, टीका पुन, राधिका हमाल, देबि घर्ती, शान्ती श्री परियार लगायतका नाम कमाएका कलाकारसँग समेत सहकार्य गरिसक्नुभएको छ ।