चलचित्र ‘मीलन’बाट चकलेटी नवनायक कुशल शाह ठकुरीको डेब्यु

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ नेपाली चलचित्र 'मीलन' यतिबेला निर्माण भएर प्रदर्शनकालागी तयारी अवस्थामा छ । प्रेमकथामा निर्माण भएको चलचित्र टेक पौरखी राईले निर्देशन गरेका हुन् । चलचित्रमा कुशल शाह ठकुरी, सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुंग र शिल्पा थापा, जानुका पौडेलको मुख्य भूमिका रहेको छ । यसैचलचित्रबाट चकलेटी नायक कुशल शाह ठकुरीले डेब्यु गर्दैछन् ।

यसअघि कुनैपनि चलचित्रमा काम नगरेका कुशलले पहिलो अनुभव निकै राम्रो भएको र धेरै सिक्नेमौका पाएको बताएका छन् । उनले चलचित्र गर्नुभन्दा अघिको वर्कसपसँगै टिमको सहायताले पनि धेरै सहज भएको बताए ।

पछिल्लो समय चकलेटी नायककै चलचित्रलाई दर्शकले मन पराइरहेका छन् । चकलेटी नायक अनमोल केसी, प्रदीप खड्का, पल शाह, सलिनमान बानिया लगायतका नायकहरुले नेपाली चलचित्र क्षेत्रमा कब्जा जमाइरहेको अवस्थामा नवनायक कुशल शाह ठकुरीलाई पनि दर्शकले चकलेटी नायकमा एसेप्ट गर्ने आशा गर्न सकिन्छ ।

चलचित्रमा अभिनयसँगै नायक कुशललाई पछिल्लो समय राम्रो प्रतिक्रिया आइरहेको छ । उनले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्बिरहरुमा पनि चकलेटी नायक भन्दै उनको काम हेर्न खोजिरहेको पाइन्छ । चलचित्रमा कुशलसँग अर्का चकलेटी नायक सलोन बस्नेतको पनि अभिनय रहेको छ ।

यस्तै चलचित्रमा टिकटक लगायतका समाजिक सञ्जालमा राम्रो फ्लोअर्स कमाएकी नायिका शिल्पा थापाको मुख्य भूमिका रहेको छ । उनले यसअघि केहि म्युजीक भिडियोमा काम गरेकी थिइन् । सोमबार काठमाडौंमा चलचित्रको प्रमोशन बिशेष फोटोसुट गरिएको थियो ।

तीनवटा गीत समावेश चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफि रहेको छ भने प्रताप दास, कौशल राज खड्का, कृष्ण केसी, प्रविशा अधिकारी, अस्मिता अधिकारी र बबिना किँरातीको स्वर रहेको छ भने संगीतकारको रुपमा राजु सेन्चुरी रहेका छन् । चलचित्रमा द्धन्द्ध निर्देशन कुमार महर्जनको रहेको छ । यस्तै चलचित्रमा रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रमा ब्याकग्राउण्डस्कोर सैलेश श्रेष्ठको रहेको छ भने एरेन्जरको जिम्मा पुरुषोत्तम सुवेदी र कृष्ण केसीलाई रहेको छ । चलचित्रको पोष्टर डिजाइन टौवा क्रिएसनले गरेको छ भने मेकअप आर्टिष्टमा डिके हमाल र गीताञ्जली योगी छन् ।

काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको यो चलचित्रको निर्माता प्रविन थापा हुन् । राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । चलचित्रमा भिएफएक्स टंक बहादुर राईको रहेको छ ।