नेपाल सांस्कृतिक संघद्धारा सातै प्रदेशका स्रष्टा सम्मान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाल सांस्कृतिक संघले सातै प्रदेशका स्रष्टालाई सम्मान गरेको छ । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गर्नुभयो ।

काँग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पूर्ण आचार्य, लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीवनाथ चौधरी,  बाग्मती प्रदेशबाट राजेन्द्र खत्रीलगायत स्रष्टालाई सम्मान गरिएको हो । स्रष्टा सम्मान कार्यक्रमको सभापतित्वमा नेपाल साँस्कृतिक संघका सभापति थापाले गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल साँस्कृतिक संघलाई साँस्कृतिक महासंघ बनाउने बताउँदै कलाकर्मीलाई राज्यको उचित स्थानमा समेत अवसर प्रदान गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गर्नुभएको थियो ।