तीजमा मौलिकता भन्दा बाहिर जान मनले मान्दैनः गायिका चन्दा

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

यसबर्षको हरितालिका तीजका लागी भन्दै ‘जान्न बाबा जान्न’ बोलको गीत सार्वजनिक गर्नुभएकी गायिका चन्दा अर्यालले आफूलाई तीजका गीतमा मौलिकता भन्दा बाहिर जान मन नलाग्ने बताउनुभएको छ । तीज भन्ने बित्तिकै मौलिकता जोडिएको हुने भएकाले चन्दाले तीज गीतमा मौलिकपन झल्किनै पर्ने तर्क राख्नुहुन्छ ।

‘अरुले कस्तो गीत निकाल्नुभयो भन्दा पनि मैले तीजगीत गर्दा मौलिकतालाई ध्यान दिने गरेकी छु । बिशेषगरी तीजगीत घरपरिवार बसेर दिदी बहिनी इष्टमित्रले सुन्ने, हेर्ने हो । त्यसैले परिवारसँग बसेर हेर्न मिल्ने हामीले बनाइदिनुपर्छ ।’ गायिका चन्दाले हिमालय टाइम्ससँग कुरागर्दै भन्नुभयो । ‘अब यहि गीतबाट पैसा कमाउँ भनेर त्यहि नियत बनाएर कसरी भ्युज आउँछ भनेर लागियो भने  मौलिकता बिर्सन सक्छ । त्यसैले केहि ब्यावसायिक पनि होस् तर मौलिकता हराउनु भएन ।’

गायिका चन्दाले अहिलेको गीतमा माइती र चेलीको बेदनालाई समेट्नुभएको छ । बिशेषगरी बिहे गरेर गएकी चेलीले माइत आएर आफ्नो बुबासँग राखेको बेदना गीतमा सुन्न सकिन्छ ।

मेरो साथीसँगीको त शहरमा भो बिहे ।

मलाई भने हाम्रा बाले चिहान डाँडामा दिए ।

जन्मिएकी ठाउँमा, दुखसुख गर्न मनछ जन्मिएकै ठाउँमा ।

जान्न बाबा जान्न मत जुका लाग्ने गाउँमा ।।

गीतमा चेलीले माइतीलाई सुनाएको पहिलो लाइन हो यो । गीतमा चन्दासँगै प्रकाश कटुवालको स्वर रहेको छ भने शब्द बिनोद ढकालले लेख्नुभएको छ । संगीत दिनेकाम गायक प्रकाश कटुवालले नै गर्नुभएको छ । एरेन्ज राकेश सोनीको छ । भिडियोमा वरिष्ठ कलाकार रबि गिरी बुबाको भूमिकामा हुनुहुन्छ भने छोरीको भूमिकामा सरिता ढुंगाना ‘जुनकिरी’ हुनुहुन्छ । यस्तै भिडियोमा मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जिवन ज्ञवाली, खेम बिए, बिष्णु बिसीको अभिनय देख्न सकिन्छ ।

दीपेन्द्र तिमल्सिनाको कोरियोग्राफि र निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीको टिमले खिचेको हो भने मनोज कार्कीले सम्पादन गर्नुभएको हो ।

गाउँको पनि हेरेँ केटो शहरको पनि हेरेँ ।

तिम्रो भागमा जे लेखेको त्यहि हुनिहो केरे ।।

फेरियोनी थर, बिहेपनि अर्कै गोत्र अर्कै भयो थर ।

माइती घर बस्न हुन्न जाउहै कर्म गर ।।

छोरीलाई बुबाले भनेको लाइन हो यो । आफ्नी छोरीलाई बिहे गरिसकेपछि घरमै बस्नुपर्छ र माइती बस्न हुन्न भन्दै छोरीलाई भिडियोमा रबि गिरीले सम्झाइरहनुभएको देखिन्छ । एकसाता अघि सार्वजनिक गीतको भिडियोबाट निकै राम्रो प्रतिक्रिया आइरहेको गायिका चन्दाले बताउनुभएको छ । गीतको भिडियोमा आएका प्रतिक्रियासँगै सहकर्मिहरुको प्रतिक्रियाले आफू खुसी भएको उहाँले बताउनुभयो । ‘युट्युवमा पनि कुनै बुष्ट नै नगरी आजको दिनसम्म झण्डै ८ लाख पटक हेरिएको छ । त्यो निकै राम्रो हो जस्तो लाग्छ । झण्डै हजार प्रतिक्रियामा सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।’ चन्दाले भन्नुभयो । ‘गीतको अडियो अनुसार भिडियो राम्रो भएको भन्ने प्रतिक्रिया पनि पाइरहेकी छु । खुसी लागेको छ ।’

भिडियोमा छोरीको भूमिका निभाउनुभएकी सरिता ढुंगानाले पनि मौलिकता बोकेको तीज गीतमा अभिनय गर्न पाउँदाको खुसी साट्नुभयो । उहाँले भन्नुभयो, ‘भिडियोका लागी अफर त आइरहन्छन् तर यो किसिमका भिडियोमा काम गर्दा आफैले मनमा आनन्द आउँछ । तीजको मौलिकता झल्किएको छ । एउटा कलाकारले संस्कृति जोगाउन गर्न सक्ने यस्तै काम हो जस्तो लाग्छ ।’

बि.स. २०६५ सालबाट औपचारिक रुपमा गीतगाउन थाल्नुभएकी गायिका चन्दाले अहिलेसम्म २० वटा एल्बम र ३० बढी गीतमा स्वर दिइसक्नुभएको छ । लोक तथा दोहोरी गीत ‘स्याउ लेईदिउँ कि केरा’ । ‘खान्न मत पिडालु कोक्कायो’ गीत अत्यधिक हिट भएका गीत हुन् । चन्दाका अन्य ‘करिमैको दोष, रोधिमा झरौला’ लगायतका गीत पनि लोकप्रिय छन् ।

यस्तै गायिका चन्दाले बिगत ९ बर्षदेखी प्रत्येक बर्ष तीज गीत सार्वजनिक गर्दै आउनुभएको छ । यसबर्षको हरितालिका तीज आगामी भदौ १४ गते रहेको छ । उक्त दिन महिलाहरुले पानी पनि नखाई ब्रत बस्ने चलन छ ।

Official Song: Click here

Interview : Click here

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)