चलचित्र ‘हिँड्दा–हिँड्दै’ माघमा आउने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘हिँड्दा हिँड्दै’ आगामी माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको हो ।

निर्माण टिमले साउने सोमबारको शुभसाइत पारेर फस्र्टलुकसहित चिलचित्रको प्रदर्शन मिति सार्वजनीक गरेको हो । मिलन आले मगरको निर्देशनमा सुशील पंगेनीले निर्माण गरेको चलचित्रमा आकाश श्रेष्ठ र रेखा शाहको मुख्य भूमिका रहेको छ । साथै सार्वजनिक पोष्टरमा पनि आकाश र रेखालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रेखा यही चलचित्रबाट रजतपटमा डेब्यु गर्दैहुनुहुन्छ । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा बिमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा आकाश र रेखाका साथमा सलोन बस्नेत, सानीया खान, बिमल श्रेष्ठ, बिशाल श्रेष्ठ, बिकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले अभिनय गर्नुभएको छ ।

राजकुमार थिङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह हुनुहुन्छ । लीलामान तण्डुकारले खिचेको चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमीरेको संगीत, कबिराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्धन्द्ध निर्देशन र नवीन निरौलाको सम्पादन छ । आरआर फिल्मस्ले बितरण गर्ने फिल्मको हाल पोष्ट प्रोडक्शन कार्य भइरहेको जानकारी निर्माण पक्षले दिएको छ ।