प्रकाशको कविता प्रतियोगिताः बिजेतालाई एकलाख दिने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले कविता प्रतियोगिता राखेको छ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रको टिमले शिक्षकको महत्वबारे कविता लेखेर पठाउन आह्वान गरेको छ । १२ वर्षदेखि १८ वर्षसम्मका विद्यार्थीले प्रतिस्पर्धामा भाग लिन पाउने भएका छन् ।

पहिलो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् भने दोस्रो हुनेलाई ५० हजार प्रदान गरिनेछ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको लम्बाइ एकदेखि साढे एक मिनेटसम्मको हुनुपर्ने सर्त छ । सहभागीले कविताको भिडियो बनाएर पठाउन सक्नेछन् । साउन २० गतेदेखि सुरु हुने प्रतिस्पर्धा भदौ २० गतेसम्म चल्नेछ ।

दिनेश राउत निर्देशित सोसल ड्रामा फिल्म ‘प्रकाश’मा प्रदीपसहित दीया मास्के र रेणु योगीको मुख्य भूमिका छ । चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् ।

विकास सुवेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, ताराप्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ ।