‘सम्झना बिर्सना’ अब भारतमा रिलिज हुने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ भारतमा पनि प्रदर्शन (रिलिज) हुने भएको छ । नेपालमा गएको असार ३१ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अब भारतका बिभिन्न स्थानमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

निर्माता अद्धितीय प्रधानले पहिलो र दोस्रो चरणगरी चलचित्रको प्रदर्शन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्र पहिलो चरणमा ९ सेम्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानमा प्रदर्शन हुनेछ । यस्तै दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुदैछ भने तेश्रो चरणमा २१ अक्टुवरमा बाँकी शहरहरुमा प्रदर्शन हुने तयारीमा रहेको छ ।

उहाले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताउनुभयो । ‘इन्डियामा नेपाली फिल्मको मार्केट एक्दम राम्रो छ । तर हामीले सहि बजार खोज्न सकेका छैनौ ।’ उहाले आफू नेपाली फिल्मको बजार बिस्तारका लागि दीर्घकालीन सोचका साथ  ‘सम्झना–बिर्सना’ मार्फत अघि बढेको सुनाउनुभयो ।

निमेष प्रधान निर्देशीत चलचित्र भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ । ‘हामीले प्रारम्भीक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भन्नुभएको छ, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको चलचित्रले नेपालमा ब्यवसायिक हिसाबमा सफलता पाउन सकेको थिएन । चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा हुनुहुन्छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रमा शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ ।