‘पापाकी परी’को पेटिकोट लगाएको दृश्य हटाइयो

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय एक दृश्यका कारण विवादमा तानिएको 'पापाकी परी' गीत सम्पादन गरिएको छ । मोडल करिश्मा ढकालले पेटीकोट लगाएर गरेको दृश्य युट्युवबाट हटाइएको छ । सुरुमै अपलोड गरिएको भिडियोबाटै उक्त क्लिप मात्र काटिएको हो । अन्य दृश्य यथावत रहेको छ ।

सर्जक शिव हमालको शब्दमा रहेको गीतमा लगानी र स्वर शुशिला पाठकको रहेको छ भने आशिष अबिरलको संगीत रहेको छ । सामाजिक सञ्जालबाट नकारात्मक प्रतिक्रिया आउन थालेपछि गीतकार हमालले नै गायिका पाठकलाई उक्त दृश्य हटाउन आग्रह गरेका थिए । तर गायिका पाठकले भने उक्त दृश्य नहटाउने अडान लिएकी थिइन् । अन्ततः दबाब नै आएपछि हटाउन बाध्य भएको गायिका पाठकले आर्टिष्ट खबरलाई बताएकी छिन् । उनले भनिन्, शिव दाई संस्थागत हिसाबमा पनि हुनुहुन्छ । त्यसैले पनि उहाँ आफैलाई बढी दबाब आएकै कारणले मलाई हटाउनु भन्नुभयो ।

(गीतका संगीतकार आशिष अबिरल (बाँया) र गायिका शुशिला पाठक (दाँया))

संगीतकार अशिष अबिरलले पनि गीतको शब्दमा नराम्रो नदेखेको र दृश्यमा केहिहद सम्म आफूहरुलाई पनि सम्पादन गर्नुपर्छ जस्तो लागेको बताएका थिए । के हुन्छ होला है बिहेको राती, अध्यारो कोठामा अन्जान साथी, संझेरै गैहाल्यो सात्तो बरीलै’ लगायतका शब्द मा मोडल करिश्मा ढकाल सहिटको कोरसले पेटीकोट लगाएर नाँचेको दृश्य भाइरल बनेको थियो । भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

Video: Click here

Interview: Click here