मोदिकाको ‘तीज आयो घुमेर’मा गीता ढुंगानाको छमछमी

आर्टिष्ट खबर/ साउन, काठमाडौ ।

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक बढिरहेको समयमा गायिका मोदिका निरौलाको ‘तीज आयो घुमेर’ बोलको तीज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गीतकार भुवन पौडेलको शब्द रहेको छ, भने कुशल गीतारबादक, गायक तथा संगीतकार अनिल शाहीको संगीतसंगै एरेञ्जपनि रहेको छ । यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडियोले गरेको हो ।

मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गीता ढुंगानाले छममछी ठुम्का लगाएकी छिन् । भिडियोमा गीताको साथमा गायिका मोदिकाको नृत्य देख्न सकिन्छ । गीतको शब्द अनुसार हरेक वर्ष घुमेर आउने तीज पर्वलाई भिडियोमा मज्जाले उतारिएको छ । भिडियोमा गीता र मोदिका धपक्कै बलेका छन् ।

ब्लुबेरी अडियो, भिडियो स्टुडियो टिमले निर्देशन गरेको म्युजिक भिडियोमा सोहन मानन्धरको सिनेमाटोग्राफी, इडिट तथा कलर रहेको छ । रेश्मा खड्कीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियो मौसबी क्रियशन युट्युव च्यालनबाट सार्वजनिक भएको हो । यस भन्दा अगाडी मौसाबी क्रियशनमा गीतकार भुवनको ‘हाम्रो माया संसारमै नभाको’, तिम्रो हात समाएर’ लगायत गीतहरु सार्वजनिक भइसकेका छन् । गीत संगीत क्षेत्रमै विगत १५ वर्षदेखी लागिरहेका भुवनले गीत एल्बम ‘शित’ १३ वर्ष अगाडी निकालेका थिए । उनको शब्दमा करिव ३० वटा गीतहरु रेकर्ड गराइसकेका छन् ।