मुन्द्रेले सिन्धुपाल्चोकका ८७ परिवार भुकम्प पिडितलाई सिरक बाँडे (फोटो फिचर)

...

माघ, काठमाडौं । हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले आफ्नो जन्मथलोमा रहेका भूकम्प पिडितलाई न्यानो सिरक बाडेका छन् । सिन्धुपाल्चोक फुल्पीङडाँडा गाविस ५ र ७ मा रहेका ८७ परिवार भुकम्प पिडितहरुलाई एक लाख बराबरको सिरक बाडेका हुन् ।

jitu nepal mundre help to sindhupalchowk न्यानो सिरक पाउनलेमा ५२ दलित परिवार छन् भने ३५ घरपरिवार आफ्नै गाउँले छन् । सिरक वितरण कार्यक्रममा ६० हजार रुपैँया चाहिँ अमेरिका सिकागोमा बस्दै आएका विष्णुहरी सुवेदी र बाबु केसीले सहयोग गरेको जितु नेपालले जानकारी दिएका छन् ।

jitu nepal mundre help to sindhupalchowk आफ्नो तर्फबाट पनि केहि थप गरेर भूकम्प प्रभावित गाउँलेलाई सिरक कोसेली दिएको उनले बताएका छन् । कठ्याङ्ग्रीदो जाडोमा न्यानोको आवश्यकता सबैलाई भएपनि यसबाट गरिब तथा वृद्धहरु बढी प्रभावित रहेकाले उनीहरुलाई नै प्राथमीकतामा राखेर सहयोग गरेको उनको भनाई छ ।

jitu nepal mundre help to sindhupalchowk जाडोमा न्यानो सिरक पाएपछि खुशि व्यक्त गर्दै आफ्नो जन्म थलोलाई मुन्द्रेले देखाएको मायाको प्रशंसा गरेका छन् । नेपालले यसअघि पनि आफ्नो गाउँका १ सय ३५ भूकम्प प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा चामल सहयोग वितरण गरेका थिए । राष्ट्रिय कलाकारको परिचय बनीसकेकाले समाजीक काममा पनि सक्रिय भएको हेर्न चाहेको उनीहरुले बताएका छन् ।

jitu nepal mundre help to sindhupalchowk यस्तै, आफुले शिक्षा आर्जन गरेको जाल्पा उच्च माध्यमीक विद्यालय कोठेलाई ५ थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका थिए । भेटघाटका लागि मात्र गाउँ आएको भन्दै कलाकार जितु नेपालले आउँदा दिनमा यस्ता समाजीक काममा अझै सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । भूकम्पका कारण देश नै पिडामा रहेकाले आफ्नो तर्फबाट सकेको सहयोग गर्न आफु तत्पर रहेको उनले बताएका छन् ।

jitu nepal mundre help to sindhupalchowk

jitu nepal mundre help to sindhupalchowk

 तस्बिरः हरीजंग थापा