रन्जित गजमेरलाई नक्षत्रको सम्मान

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली गीतसंगीतमा पु¥याएको योगदानको कदर स्वरुप नेपाली गीतसंगीतका मूर्धन्य साधक रन्जित गजमेरलाई सम्मान गरिएको छ ।

अमेरिकामा बसोवास गरिरहेका नेपालीहरुको सक्रियतामा सञ्चालित नक्षत्र फाउन्डेशनले बुधवार काठमाडौंको पाँचतारे होटल ¥याडिशनमा आयोजना गरेको एक सांगीतिक कार्यक्रमका बीच नगद १ लाख राशीसहित संगीतकार गजमेरलाई सम्मान पत्र प्रदान गरेको हो ।

सोही अवसरमा मेनुका फाउन्डेशनले पनि नगद ५० हजारसहित गजमेरलाई सम्मान गरेको थियो । नक्षत्र फाउन्डेशनका सिइओ अर्जुन सुवेदीले हामी जहाँ छौं त्यहाँ नेपाली गीतसंगीत हुनुको एक प्रमुख कारण रन्जित गजमेर हुनुहुन्छ भन्दै युगपुरुषलाई सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कवि नवराज लम्सालले गजमेरको योगदान बारे बोल्नुभएको थियो । गजमेर नेपाल, दार्जीलिङ र मुम्बईको संगीतको त्रिवेणी रहेको लम्सालको भनाई थियो । सम्मान कार्यक्रममा गजमेरका ‘गुँरास फुल्यो वनैभरि’, ‘मिर्मिरे साँझ सिमसिमे पानी’, ‘तिम्रो मनमा लुकेका कुरा’, ‘यो दुई थोपा आँशु’लगायतका चर्चित गीतहरु गाइएको थियो ।