मिस्टर एण्ड मिस थारुका लागी १० जिल्लामा अडिसन हुँदै

आर्टिष्ट खबर/ साउन, काठमाडौँ ।

‘मिस्टर एण्ड मिस थारु’को चौथो संस्करणयस बर्ष आयोजना हुँदैछ । प्रतियोगीताका लागी अडिसनको तयारी पुरा भएको आयोजक जहइन्टरटेनमेन्टले जनाएको छ । आयोजकले गएको बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको र अडिसनको अघिल्लो दिनसम्म प्रतियोगीले आवेदन दिन सकिने जानकारी गराएको थियो ।

आयोजक संस्थाका प्रमुख सुरेश कुमार चौधरीका अनुसार अडिसन यही साउन २१ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने छ । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क ६ सय  तोकिएको छ ।

थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरुमा अडिसन सुरु हुँदैछ । आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ ।

अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिनुभयो । प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी हुनुभएको थियो भने मिस थारु जेनिशा चौधरी हुनुभएको थियो । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी हुनुभएको थियो । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु हुनुभएको थियो ।