नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः अभिनेता मल्ल

आर्टिष्ट खब/ साउन, काठमाडौं ।

अभिनेता कृष्ण मल्लले फेरी पनि नेपाल फिल्म सोसाइटीको अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित सोसाइटीको साधारण सभाले उहालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, सोसाइटीको उपाध्यक्षमा पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल र कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ चुनिनुभयो । साधारण सभाबाट सोसाइटीको ७ जना सदस्यहरुमा चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन हुनुभयो । साधारण सभामा नेपाल फिल्म सोसाइटीको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्तिको प्रस्ताव पेश गरिएको थियो । र, त्यसलाई सर्वसम्मत पारित गरिएको छ ।

नेपाल फिल्म सोसाइटीको अमेरिका, बेलायत लगायतका विभिन्न देशहरुमा शाखा विस्तार भइसकेको छ । सोसाइटीले ४ वर्षदेखि अमेरिकामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पनि आयोजना गर्दै आएको छ । यसको पाँचौं संस्करण आगामी अक्टोबरमा हुँदैछ । पुनः अध्यक्षमा चयन भएपछि कृष्ण मल्लले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सोसाइटीले प्रयास र पहल गर्ने बताउनुभयो ।