‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ रिलिज

आर्टिष्ट खबर/ साउन, काठमाडौं

फाल्गुनन्द लिङदेन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘तलास’को दोस्रो गीत ‘अप्सरा केही होइन’ रिलिज भएको छ । गीतमा मेलिना राई र उदय नेम्वाङको स्वर तथा उदय नेम्बाङको शब्द र संगीत छ ।

गीतको भिडियोमा अभिनेता दावा मिङमार शेर्पा र नायिका विमला खजुम लिम्बु फिचर्ड छन् । चलचित्रले पैसा र शक्तिको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा प्रस्तुत गरेको छ ।

चलचित्रमा दावा र विमलासँगै राजकुमार लिङ्देन, सोम लामा, एलिना बासकोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिवाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, विमल ढुङ्गेल, विक्रम धिमाल, मेखबहादुर मगरलगायतको अभिनय छ ।

चलचित्रमा दिनेश माङ्मुको नृत्य, रोशन वान्तवा राईको संगित, पुन्य ओझाको द्वन्द्ध, विक्रम डिसीको छायांकन र दिनेश लिङ्देनको कथा छ ।

कविता राई लिङ्देनको प्रस्तुति रहेको फिल्ममा गजमति सम्वाहम्फे र दिपक नेपाली निर्माता छन् । माघको तेस्रो साताबाट प्रदर्शनमा आउने तयारी रहेको फिल्ममा दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन छ ।