केकी र आँचलको मुख्य भूमिका रहेको ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

आगामी भदौ १७ गतेबाट प्रदर्शनको मिति तोकेर प्रचारप्रसारको काम अगाडी बढाइरहेको नयाँ नेपाली चलचित्र ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । तीनमिनेट लामो ट्रेलरमा एउटा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ । अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माबीचको नोकझोंक र लडाइँले ट्रेलरमा रोमान्चकता थपेको छ । चलचित्रमा उनीहरु जेठानी देवरानीको भूमिकामा छन् । चलचित्र ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको हो ।

विवाह भएपछि दुई मिल्ने दाजु भाईबीच श्रीमतीका कारण झगडा, आमासँग मनमुटाव, जेठानी र देवरानीबीच साना-साना कुरामा लडाइँ, परिवार भाँड्न समाजका केही व्यक्तिले खेल्ने खेललाई ट्रेलरमा रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुकुन भुषाल, कुशल बिष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय रहेको छ । भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कृतिमाथि बनेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

बिष्णु कल्पितको छायांकन रहेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको ‘झिँगेदाउ’को सह(निर्मातामा सुशिल दाहाल र ईश्वर घिमिरे छन् ।