‘महापुरुष’को फर्स्टलुक पोस्टर सार्वजनिक, कात्तिक ११ मा रिलिज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ नेपाली चलचित्र ‘महापुरुष’को दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । साथै चलचित्रको प्रदर्शन मिति पनि तोकिएको छ । अब यो चलचित्र भाईटीकालाई लक्षित गर्दै आगामी कात्तिक ११ मा प्रदर्शन हुने बताइएको छ । निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रको सार्वजनिक पोष्टरमा वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यलाई फोकस गरिएको छ । साथमा कलाकार गौरी मल्ललाई पनि देख्न सकिन्छ ।</p><p style="text-align: justify; ">दीपेश खत्री निर्माता र रविन्द्रसिंह बानियाँ कार्यकारी रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ,&nbsp; नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौडेल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको पनि अभिनय छ ।&nbsp;</p><p style="text-align: justify; ">षट्कोण आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रको कथा लेखन प्रदीप भट्टराई स्वयंको हो । ‘शत्रुगते’पछि महजोडीसँग निर्देशक भट्टराईको दोस्रो सहकार्य हो । दीपक बज्राचार्यले फिल्म खिचेका हुन् । चलचित्रमा मित्र डी. गुरुङको सम्पादन, नवराज पराजुलीको गीतमा शब्द रचना, रोहित शाक्य र शैलेश श्रेष्ठको पार्श्व संगीत, जुनिम गहतराजको कलर र किशोर आचार्यको ध्वनि संयोजन छ ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;</p>