निरन्तरताले सफल बनाउँछः गायिका अनिता चलाउने

गोपिकृष्ण चापागाईं/ साउन, काठमाडौं ।

गायनको क्षेत्रमा आफूलाई स्थापित गर्नुपर्छ भन्ने सोँच गायिका अनिता चलाउनेलाई डेढ दशक नै आइसकेको थियो । सोहि अनुरुप गायनका लागी चाहिने बिभिन्न प्रशिक्षणहरुमा सहभागी हुँदै गायिका अनिताले आफ्नो स्वरलाई निर्खादै लानुभयो । फलस्वरुप बि.स. २०६७ सालमा उहाँले आधुनिक गायन तर्फ रेडियो नेपालबाट स्वर परिक्षा पास गर्नुभयो ।

औपचारिक रुपमा रेडियो नेपालबाटै स्वर परिक्षा पास गरेपछि उहाँमा गायिका बन्ने रहर झनै बढेर आयो । त्यसपछि उहाँले अझैपनि आफुलाई सिक्नेकुरामा कुनैपनि कमि हुनुहुँदैन भन्ने लागेर बिभिन्न ठाउँमा संगीतका क्लास लिने, आफैले बढी अभ्यास गर्ने गर्नुभयो । त्यसपछि अब गीत रेकर्डमा लाग्नुपर्छ भन्ने सोँच बनाएर गायिका अनिताले आफ्नो स्वरमा बि.स. २०७२ मा पहिलो गीत रेकर्ड गर्नुभयो ।

सुशिल बिश्वकर्माको संगीत र विष्णुबाबु देवकोटोको शब्दमा रहेको ‘जति अघि बढेपनि’ बोलको आधुनिक गीत रेकर्ड गर्नुभयो । गायनको यात्रामा आधुनिक गीतबाट पहिलो पाइला चाल्नुभएकी अनिता अहिले लोक तथा दोहोरी गीतकी गायिकाको रुपमा आफूलाई स्थापित गरिसक्नुभएको छ । उहाँलाई आउने अफर र बिभिन्न साथीभाई तथा दर्शक, स्रोताबाट आएको प्रतिक्रियाको आधारमा उहाँले लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिनुभयो ।

‘निरन्तरताले सफल बनाउँछ’

गायिका अनिता चलाउनेले कुनैपनि निरन्तरता दियो भने सफलता हाँसिल गर्न सकिने धारणा राख्नुहुन्छ । हरेक क्षेत्रमा बुझाईको आवश्यकता पर्ने र पुर्णरुपमा बुझ्न समय लाग्ने भएकाले निरन्तरता हुनु जरुरी रहेको उहाँले बताउनुहुन्छ । ‘आफूले गर्ने कुनैपनि काममा निरन्तरता हुनैपर्छ । छोटो समयमै मैले सफलता हाँसिल गर्छु भनेर हुँदैन । आफ्नो क्षेत्रलाई राम्रोसँग बुझन् सकियो भने भने प्रगती निश्चित छ ।’ गायिका अनिताले भन्नुभयो । ‘त्यसका लागी निरन्तर रुपमा लाग्नुपर्ने रहेछ ।’ त्यसो त गायिका अनिताले आफ्नो पेशामा आफूले सफलता पाउन अझै बाँकी रहेको बताउनुहुन्छ । अझैपनि गायनको क्षेत्रमा आफूले धेरै कुरा सिक्न बाँकी रहेको र ठुलो सफलता हाँसिल गर्नका लागी मिहिनत गरिरहेको बताउनुहुन्छ । उहाँले अघि भन्नुहुन्छ, ‘मुख्य कुरा त सफलता केलाई मान्ने भन्ने कुरा हो । यो क्षेत्रमा एकदशक बिताएँ भनेर खुसी भएर सफलता मान्नेकि, यति धेरै गीत गाएँ भनेर सफलता मान्नेकि, अथवा दुईचार वटा गीत चल्यो म सफल भएँ भनेर मान्ने ? मानिसको मन हो, एकपछि अर्को कुरामा सफल हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।’

गायिका अनिताको आफ्नो स्वरमा रेकर्ड भएको दोस्रो गीत ‘नाँचिदेउ झिल्के भाँचिदेउ कम्मर’ बोलको लोकगीत हो । बि.स. २०७३ सालमा लोकप्रिय गायक पशुपति शर्मासँग स्वर दिनुभएकी अनितालाई यहि गीतले बढी दर्शक तथा स्रोतामाझ चिनाउन सफल भयो । यहि गीतका कारण बिभिन्न स्टेजमा चढ्ने मौका पाउनुभयो । गायक पशुपति शर्मा आफैमा निकै लोकप्रिय भइरहेको समयमा आफ्नो स्वर मिसाउन पाउँदा त्यो बेलामा अनिताले आफूलाई मान्यमानि ठान्नुभएको थियो । त्यो समयलाई सम्झिदै भन्नुभयो, ‘आजभन्दा पाँच बर्ष अघि गीत रेकर्ड गर्न सजिलो पनि थिएन । गीत रेकर्ड गर्न त सकिन्थ्यो होला तर भिडियो बनाएर सार्वजनिक गर्नेबेलासम्मको बजेट ठुलो लाग्ने भएकाले पनि गाह्रो थियो । त्यसमाथि पशुपति शर्मा दाईसँग गीत गाउने इच्छा धेरैलाई हुन्थ्यो । त्यो इच्छा मेरो पनि पुरा भएको थियो ।’

अनिताले सोहि बर्ष गायक रामजी खाँडसँग मिलेर ‘आहा मेरो मायालाई’ बोलको लोकगीत सार्वजनिक गर्नुभयो । उक्त गीतले पनि राम्रो चर्चा बटुल्यो । त्यसपछि मेला महोत्सवमा हिड्न अनितालाई झनै सजिलो भयो । नेपाल भित्र अत्यधिक ब्यस्त हुँदैगर्दा अनितालाई बिदेशको सांगितीक कार्यक्रमका लागी अफर आयो । त्यो क्षण उहाँका लागी ठुलो थियो । ‘मलाई बि.स. २०७४ सालमा बिदेशको पहिलो स्टेज कार्यक्रमको रुपमा माल्दिप्सको बाँके बर्दियाली समाज माल्दिप्सले निमन्त्रणा ग¥यो । त्यो पहिलो पहिलो कार्यक्रमलाई भुल्न सक्दिन । तीज बिशेष कार्यक्रममा पुगेकी थिएँ ।’

स्टेजको रोजाईमा अनिता

नेपाली सांगितीक क्षेत्रमा गीत गाउँदै पनि जाने र बिभिन्न स्टेज कार्यक्रममा प्रस्तुतीका लागी पनि पुग्ने भएकाले गायिका अनिताको दैनिकी तालिका ब्यस्त हुन थाल्यो । बिशेषगरी सबैसँग मिठो बोल्ने, बिभिन्न स्टेज कार्यक्रम सञ्चालक टिमसँग सम्बन्ध सुमधुर राख्ने र स्टेजको प्रस्तुतीले दर्शक तान्न सक्नेभएकाले एकपछि अर्को सांगितीक कार्यक्रमबाट अफर आउन थाल्यो । अनिताले अहिलेसम्म माल्दिप्ससँगै जापान, कोरिया, कतार र दुबईमा आफ्नो सांगितीक प्रस्तुती दिइसक्नुभएको छ । अब केहि समयमा अस्ट्रेलियाको यात्राका लागी आयोजक टिमसँग कुरा भइरहेको जानकारी गायिका अनिताले दिनुभएको छ । अनिताले देशभित्रका दर्जन बढी जिल्लाहरुमा प्रस्तुतीकै लागी पुगेको बताउनुभयो ।

गायिका अनिताले स्वर दिएका ५० बढी गीत मध्ये ‘नाँचिदेऊ झिल्के’, ‘आहा मेरो मायालाई’, ‘देउडा खेल्छु चट्टै’, ‘बिदेशको पिआर छ’, ‘फुटेको चुरा’, ‘यस्तो बनोस मेरो तीज’ बढी चर्चामा आएका गीत हुन् ।

फुटेको चुराले दिलाएको उचाई

नेपाली सांगितीक क्षेत्रमा केहि समय निकै हिट भएको गीत हो ‘फुटेको चुरा’ । यो गीतमा अनिता चलाउने सँगै प्रकाश सपुतको स्वर छ । नोभेम्बर ३०, २०२० मा प्रकाश सपुतको युट्युव च्यानलमा अपलोड भएको यो गीतलाई डेढ करोड पटक हेरिएको छ ।

गायिका अनिताले ‘फुटेको चुरा’ गीत बन्नु भन्दा अघिका केहि हिस्सा सम्झिनुहुन्छ । उहाँले गायक प्रकाशसँग गीत गाउने इच्छा पहिले देखिनै भएको र त्यो अवसर पछिल्लो समयको निकटताले दिलाएको बताउनुभयो । ‘कोरोनाका कारणले लकडाउन भएपछि फुर्सदको समयमा प्रकाश दाईसँग हामी अन्य एकदुईजना एकै जिमहलमा जिम गर्थैउँ । त्यसैले पनि निकट हुँदै गइयो । मैले एउटा गीत तपाईसँग गर्नुपर्छ है भनिरहन्थे । प्रकाश दाईले एकदिन फुटेको चुराको कन्सेप्ट सुनाउनुभयो । मलाई पनि एकदम मनप¥यो र प्रोजेक्ट अगाडी बढेको हो ।’ अनिताले भन्नुभयो । ‘अहिले यहि गीतकै कारण अधिकांश दर्शक स्रोताले चिन्नुहुन्छ । खुसी लाग्छ ।’ यसैगीतबाट गायिका बि.स. २०७८को बेष्ट म्युजीक अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड समेत पाउनुभएको थियो ।

यस्तै उहाँले त्यो भन्दा अघि २०७६ मा देउडा खेल्छु चट्टै गीतबाट पनि सर्वोत्कृष्ट देउडा गायिकाको अवार्ड हात पारिसक्नुभएको थियो । यस्तै २०७७ को सातौं तीज म्युजीक अवार्डमा यस्तो बनोस् मेरो गीतबाट उत्कृष्ट मौलिक गीतको अवार्ड पाइसक्नुभएको छ ।

साथै नेपाल जेसिस उत्कृष्ट युवा छनौट समिति २०२०मा ५० हजार रुपैंयाको नगद राशि र स्वर्ण पदक सहितको उत्कृष्ट युवा पुरस्कार पनि पाइसक्नुभएको छ ।

नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोता

गायिका अनिताले नेपाली कला, साहित्य र संगीतको प्रबद्र्ध गर्ने उद्देश्यले तयारी पारिएको नेपाल टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘सिर्जनाका सारथी’ र ‘संगीत तरंग’मा सञ्चालिकाको भूमिकामा अहिले पनि काम गरिरहनुभएको छ । गीतसंगीतकै क्षेत्रमा लागिरहेकाले टेलिभिजनमार्फत पनि सोहि कामको प्रबद्र्धन हुन्छ भन्ने उद्देश्यले आफूलाई कार्यक्रम प्रस्तोता बन्न रुचि बढेको अनिताको भनाई छ । उक्त कार्यक्रममा नेपाली कला साहित्यमा दशकौं समय बिताउनु भएका साहित्यकार, सर्जकहरुसँग अन्तक्र्रिया गर्नुहुन्छ ।

अहिले भने दुईदिन अघिमात्रै ‘राख लेखेर’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । उक्त तीजगीत अनिताले आफ्नै युट्युवमार्फत सार्वजनिक गर्नुभएको हो । अनिता राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आजिवन सदस्य हुनुहुन्छ भने बर्दियाली कलाकार समाजको कोषध्यक्ष र लायन्स क्लब अफ साधनाको अध्यक्ष समेत हुनुहुन्छ ।

(समाचार आजको हिमालय टाइम्समा पनि प्रकाशित छ)