आर्यनले ‘सायरा’मा काम गर्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अभिनेता आर्यन सिग्देलले नयाँ चलचित्र ‘सायरा’मा काम गर्नका लागी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग चलचित्र गर्ने लिखित सम्झौता गर्नुभएको हो ।

रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित हुनुभएको हो । उहाले सुहाउँदो क्यारेक्टर पाएपछि चलचित्र गर्ने सम्झौता गरेको बताउनुभएको छ ।

आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । चलचित्रका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ ।’

उहाले चलचित्रको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताउनुभयो । चलचित्रमा कथा उहाकै रहेको छ । निर्देशन भने उहाले भारतीय रहने बताउनुभयो । ‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताउनुभएको छ । उहाले चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताउनुभयो । चलचित्रको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उहाले जनाउनुभयो ।