घनश्यामको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नजिकिँदै गरेको गाईजात्राका लागी भन्दै हास्य कलाकार घनश्याम गौतमले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गर्नुभएको छ । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।

‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरिता राजोपाध्याय, गीता थापा, डम्बर घिमिरे, पशुपति दंगाल, विष्णु रोक्का, सविता खड्का, सानु घायल, सुरेन्द्र क्षेत्री, खगेन्द्र गुरागाईं, मनकुमार विश्वकर्मा सुलभ श्रेष्ठ लगायतको अभिनय लेख्न सकिन्छ ।

केशव अधिकारी खत्री निर्माता रहेको ‘लुटतन्त्र’ को प्यारोडीमा कोरियोग्राफर र सम्पादन प्रेम शर्मा पौडेलले गर्नुभएको हो । भने लेखन, परिकल्पना तथा निर्देशन गौतमकै रहेको छ । ‘लुटतन्त्र’ भ्रष्टचार, महङ्गी, बेथिति र भ्रष्ट नेता तथा मन्त्रीहरुको भन्डाफोर भएको निर्देशक गौतमले बताउनुभएको छ ।